सीएपी सि​क्किमले ड्रुक्पा छेजीको हार्दिक शुभकामना दिए
सीएपी सि​क्किमले ड्रुक्पा छेजीको हार्दिक शुभकामना दिए


गान्तोक, 28 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले ड्रुक्पा छेजीको पावन अवसरमा सम्पूर्ण सिक्किमे नागरिकलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।

सीएपीले आज जारी सन्देशमा भनेको छ, 'भगवान बुद्धले चमत्कारद्वारा सत्य र करुणाको सन्देश दिनुभएको यो दिवसले सबैमा शान्ति, सहिष्णुता र धार्मिक सद्भाव फैलाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछ।'

उल्लेखनीय छ, ड्रुक्पा छेजी तिब्बती क्यालेण्डरको छैटौं महिनाको चौथो दिन मनाइन्छ। भगवान बुद्धले सारनाथको डीयर पार्कमा आफ्ना शिष्यहरूलाई चार आर्य सत्यको बारेमा पहिलोपल्ट उपदेश दिएका थिए। सोही दिनलाई ड्रुक्पा छेजीको रूपमा मनाइन्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande