नयाँ दिल्ली, 30 जुलाई (हि.स.)। यस वर्षको पद्म पुरस्कारहरूका लागि नामांकन/अनुमोदन जमा गर्ने अन्तिम तारिक 31 जुलाईदेखि बढ़ाएर 15 अगस्त 2025 गरिएको छ। गृह मन्त्रालयको विज्ञप्ती अनुसार, पद्म पुरस्कारहरूका लागि नामांकन/अनुमोदन केवल राष्ट्रिय पुरस्कार पोर्टल (https://awards.gov.in) मा अनलाइन प्राप्त गरिनेछ। गणतन्त्र दिवस, 2026 को अवसरमा घोषित गरिने पद्म पुरस्कार-2026 को निम्ति नामांकन/अनुमोदन यस वर्षको प्रक्रिया यस वर्ष 15 मार्चदेखि चलिरहेको थियो, जुन बिहिवार (31 जुलाई) मा समाप्त हुन गइऱहेको थियो।
पद्म पुरस्कार अर्थात्- पद्म विभूषण, पद्म भूषण र पद्म श्री देशको सर्वोच्चो नागरिक सम्मारनहरूमा सामेल छ। वर्ष 1954 मा स्था्पित यी पुरस्कारहरूको घोषणा प्रतिवर्ष गणतन्त्र दिवसको अवसरमा गरिन्छ। यी पुरस्कारहरू अन्तर्गत ‘उत्कृतष्टा कार्य’ को निम्ति सम्मानित गरिन्छ। पद्म पुरस्का्र कला, साहित्य एवं शिक्षा, खेल, चिकित्सा, समाज सेवा, विज्ञान एवं इन्जीनियरीङ, लोक कार्य, सिविल सेवा, व्यापार एवं उद्योग आदि जस्ता सबै क्षेत्रहरू/विषयहरूमा विशिष्टक र असाधारण उपलब्धीहरू/सेवाका लागि प्रदान गरिन्छ। जाति, व्यवसाय, पद वा लिंगको भेदभाव बिना सबै व्यक्तिहरू यी पुरस्कारहरूका लागि पात्र छन्। चिकित्सभकहरू र वैज्ञानिकहरूलाई छोड़ेर अन्य सरकारी सेवक, जसमा सार्वजनिक क्षेत्रका उपक्रमहरूमा काम गर्ने सरकारी सेवक पनि सामेल छन्, पद्म पुरस्काारहरूका लागि पात्र छैनन्।
गृह मन्त्रालय अनुसार, सरकार पद्म पुरस्कारहरूलाई “पीपल्स पद्म” बनाउनका लागि प्रतिबद्ध छ। अतः सबै नागरिकहरूसित अनुरोध गरिन्छ कि उनीहरूले नामांकन/सिफारिशहरू गरून्। नागरिकले आफैलाई पनि नामित गर्नसक्छन्। महिलाहरू, समाजको कमजोर वर्गहरू, अनुसूचित जातिहरू र अनुसूचित जनजातिहरू, दिव्यांग व्यक्तिहरू र समाजको निम्ति निःस्वार्थ सेवा गरिरहेका मानिसहरूमध्ये यस्ता प्रतिभाशाली व्यक्तिहरूको पहिचान गरिने ठोस प्रयास गर्नसकिन्छ, जसको उत्कृष्टता र उपलब्धीहरू साँच्चैमा पहिचान गर्ने योग्य छ।
नामांकन/सिफारिशहरूमा पोर्टलमा उपलब्ध प्रारूपमा निर्दिष्ट सबै प्रासंगिक विवरण सामेल हुनुपर्छ, जसमा वर्णनात्मक रूपमा एक उद्धरण (साइटेशन- अधिकतम 800 शब्द) सामेल हुनुपर्छ, जसमा अनुशंसित व्यक्तिको सम्बन्धित क्षेत्र/अनुशासनमा विशिष्ट र असाधारण उपलब्धीहरू/सेवाको स्पष्ट रूपमा उल्लेख गरिएको छ।
यस सम्बन्धमा विस्तृनत विवरण गृह मन्त्रालयको वेबसाइट (https://mha.gov.in) मा ‘पुरस्काृर र पदक’ शीर्षक अन्तर्गत र पद्म पुरस्काvर पोर्टल (https://padmaawards.gov.in) मा उपलब्धत छ। यी पुरस्कारहरूसित सम्बन्धित विवरण र नियम वेबसाइट https://padmaawards.gov.in/AboutAwards.aspx लिंकमा उपलब्धट छ।
हिन्दुस्थान समाचार / भवानी थामी