हिट-एण्ड-रन मामिलामा असमिया अभिनेत्री नन्दिनी पक्राउ
हिट-एण्ड-रन मामिलामा असमिया अभिनेत्री नन्दिनी पक्राउ


गुवाहाटी, 30 जुलाई (हि.स.)। गुवाहाटीको पान बजार महिला पुलिसले बुधवार भोर बिहान असमिया अभिनेत्री नन्दिनी कश्यपलाई पक्राउ गऱ्यो। नन्दिनीलाई गत 25 जुलाईमा भएको हिट-एण्ड-रन मामिलामा पक्राउ गरिएको छ। यस मामिलामा 21 वर्षीय समिउल हकको ज्यान गएको थियो। केही दिनको जाँचबुझ तथा न्यायको माग गरिरहेका छात्र समूहहरू अनि नागरिक समाजको बढ़्दो दबावबीच यो पक्राउ गरिएको हो।

यो घटना गत 25 जुलाईको राती गुवाहाटीको दखिनगाउँ क्षेत्रमा भएको हो जहाँ नलबाड़ी पोलिटेक्निकको द्वितीय वर्षका छात्र अनि गुवाहाटी नगरनिगम (जीएमसी)-मा अस्थायी कर्मचारी समिउल हकलाई कथित रूपमा कश्यप नामक एक द्रूत गतिको वाहनले ठक्कर दियो। वाहनको ठक्करबाट गम्भीर रूपमा घाइते समिउललाई पहिला गुवाहाटी मेडिकल कलेज अनि पछि अपोलो अस्पतालमा लगियो, तर भोलिपल्टको साँझ उपचारको क्रममा उनको मृत्यु भयो।

यो दुर्घटनापछि राज्यभरि नै आक्रोश फैलियो, अखिल असम पोलिटेक्निक छात्र संघ (एएपीएसयू)-ले एक प्राथमिकी दर्ता गरायो तथा तत्काल कानूनी कारवाहीको मागलाई लिएर व्यापक विरोध प्रदर्शन गऱ्यो। प्रत्यक्षदर्शीहरूले बताए, ठक्करपछि वाहन रोकिएन जसले गर्दा जनता आक्रोशित भए।

पुलिसले घटनाको क्रमलाई पुनः जोड़्नको लागि सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीहरूको बयान अनि फरेन्सिक प्रमाणको समीक्षा गरिरहेको छ। अधिकारीहरूले संकेत दिएका छन्, अन्तिम फरेन्सिक तथा पोस्टमर्टम रिपोर्टको आधारमा अग्रिम कानूनी प्रावधानलाई जोड़्न सकिन्छ।

यसबीच नन्दिनी कश्यपको परिवारले एक सार्वजनिक बयान जारी गरी घटनामाथि गहिरो खेद प्रकट गरेका छन्। उनकी आमाले बताइन्, परिवारले शुरूबाटै समिउललाई मद्दत गर्ने चेष्टा गरेको थियो। उनले भनिन्, नन्दिनीका पिता पैसा लिएर अस्पताल पनि गएका थिए, तर केही युवकहरूले उनलाई रोके अनि धम्की दिए।

उदासीनताको आरोपको जवाफ दिँदै कश्यपकी आमाले भनिन्, पुलिसले परिवारलाई सुरक्षा कारणहरू सार्वजनिक रूपमा सामु आउनदेखि बच्ने सल्लाह दिएको थियो। उनले नन्दिनीको नाममा पहिला पनि यातायात नियमहरूको उल्लंघनको खबरमाथि स्पष्टिकरण दिँदै भनेकी थिइन्, यो अपराध चालकले गरेको थियो, नन्दिनीले होइन।

शोकाकुल समिउल हकको परिवारले न्यायको निम्ति गुहार मागिरहेका छन्। अनलाइन तथा धरातलीय स्तरमा उनीहरूको पक्षमा समर्थन बढ़िरहेको छ। समिउलको शवलाई बुधवार बिहान पोस्टमर्टम गर्नको लागि जीएमसीएचमा पठाइएको छ। पोस्टमर्टम रिपोर्ट मृत्युको सही कारण पत्तो लगाउनमा महत्वपूर्ण साबित हुने आशा व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande