बाक्सा (असम), 30 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा आगामी चार अगस्तको दिन एकपटक फेरि बाक्सा जिल्लाको भ्रमणमा आइरहेका छन्। मुख्यमन्त्रीले बाक्साको दाओधारामा स्थापित एकलव्य आदर्श आवासीय विद्यालयको शिक्षण सत्रको शुभारम्भ गर्नेछन्।
दाओधारामा नवनिर्मित एकलव्य आदर्श आवासीय विद्यालयको भ्रमण गरेपछि आज मीडियासित बातचित गर्दै राज्य सरकारका क्याबिनेट मन्त्री एवं यूपीपीएल नेता उर्खाओ गौरा ब्रह्मले मुख्यमन्त्रीको प्रस्तावित भ्रमण बारे जानकारी गराए। उनले भने, किनभने मुख्यमन्त्रीले 4 अगस्तको दिन औपचारिक रूपमा विद्यालयको उद्घाटन गर्नेछन्।
उनले भने, मुख्यमन्त्रीको भ्रमणपूर्व म विद्यालयको निरीक्षण गर्न र यहाँका कार्यहरूको जायजा लिन आएको थिएँ। मन्त्रीले भने, विद्यालयको आवास निर्माणको कार्य पूरा भएको छ।
अर्कोतिर मन्त्री उर्खाओ गौरा बह्मले यूनाइटेड पीपुल्स पार्टी लिबर (यूपीपीएल) औ बोड़ोल्याण्ड पीपुल्स फ्रण्ट (बीपीएफ)- को मित्रताको बारेमा पनि महत्वपूर्ण टिप्पणई गरे। उनले भने, मित्रता हाग्रामा महिलारीमाथि निर्भर गर्दछ, यदि खुल्ला सोच र बिना शर्त बाहिर आए यूपीपीएल राजी छ। तर त्यसलाई नकारात्मक मित्रताको रूपमा प्रयोग गर्नु राम्रो हुनेछैन।
सोधिएको एक प्रश्नको जवाफमा मन्त्रीले भने, उनको पार्टी 40 वटा परिषदको 40 वटै सीटमा चुनाउ लड़्नको लागि तायर छ। यूपीपीएलले यसपालि चमत्कारी संख्या हासिल गर्ने कुरामा कुनै शंकै छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा