मणिपुरमा हतियार राखेको अनि असुलीको आरोपमा पाँच जना समातिए
मणिपुरमा हतियार राखेको अनि असुलीको आरोपमा पाँच जना समातिए


इम्फाल, 30 जुलाई (हि.स.)। मणिपुरमा संचालित उग्रवादी संगठन औ आपराधिक गिरोह विरोधी अभियान अन्तर्गत सुरक्षा बलहरूले इम्फाल पूर्व र पश्चिम जिल्लामा बितेको 24 घण्टाभित्रमा पाँचजनालाई पक्राउ गरेको छ। यी आरोपीहरूमा प्रतिबन्धित संगठनका क्याडर र एकजना स्थानीय गिरोहका सदस्य पनि सामेल रहेका छन्।

पुलिस प्रवक्ताले बुधवार बताए, इम्फाल ईस्टको हेनगांग थाना अन्तर्गत कैरांग उमंग मयाई लाईकाई क्षेत्रबाट सुरक्षा बलहरूले मो. समीर खान उपनाम इनओ (45)-लाई पक्राउ गरे जो 'निंगोलमाचा' नामक आपराधिक गिरोहको सदस्य रहेको बकाइएको छ। आरोपीको कब्जाबाट एउटा . 32 बोरको पेस्तोल (म्यागजिन बिनाको), एउटा नौ एमएम म्यागजिन, एउटा .32 बोर कारतूस, दुईवटा नौ मिमीको कारतूस र एउटा मोबाइल फोन जफत गरिएको छ।

सोही दिन संचालित अर्को अभियानमा थियाम बोयनाओ सिंह (47)-लाई इम्फाल ईस्टको महाबली नदी किनार हाओकिप वेंगबाट पक्राउ गरियो जो प्रतिबन्धित संगठन कांगलेइपाक कम्युनिस्ट पार्टी (पीपुल्स वार ग्रुप)- का सक्रिय क्याडर हुन्। आरोपीबाट एउटा आधार कार्ड पनि जफत गरिएको छ।

यसरी नै सुरक्षा बलहरूले इम्फाल ईस्ट र वेस्टमा समन्वित खोजी तथा घेराबन्दी अभियान संचालन गरे जसमा केसीपी (मिलिट्री एण्ड फरेन लिआजन) गुटका दुई सक्रिय क्याडरहरूलाई पक्राउ गरियो। यी क्याडरहरूको पहिचान खैदम नोंगपोकनगांबा सिंह, निवासी लामलै मयाई लाईकाई, इम्फाल ईस्टको रूपमा भएको छ। उसलाई लामलै थाना अन्तर्गत नोंगदा अवांग लाईकाईबाट पक्राउ गरिएको हो जो गत 10 जुलाईको राती नेपेट पाली गाउँमा भएको गोलीकाण्ड अनि संगठनको लागि हतियारहरू आपूर्ति जस्ता गतिविधिमा सामेल रहेको बताइएको छ।

थौनाओजम अशोक कुमार सिंह, निवासी लैफ्राकपम ममांग लाईकाई, थौबल जिल्लालाई पनि अभियानको क्रममा पक्राउ गरिएको छ। उसलाई नोंगपोकनगांबाको बयानको आधारमा इम्फाल वेस्टको सिंजामी थाना अन्तर्गत लांगथबल कुंजा क्षेत्रबाट पक्राउ गरिएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande