जम्मूको नगरोटामा आतंकवादीका सहयोगी पक्राउ, तीन वटा पेस्तोल जफत
जम्मूको नगरोटामा आतंकवादीका सहयोगी पक्राउ, तीन वटा पेस्तोल जफत


जम्मू, 30 जुलाई (हि.स.)। जम्मू पुलिसले गत सोमवार अबेर राती नगरोटा बाईपासस्थित टीसीपी नाकामा एक जना व्यक्तिलाई पक्राउ गऱ्यो। जम्मूदेखि श्रीनगर तर्फ गइरहेको आरोपी आतंकवादीको सहयोगी रहेको बताइएको छ। पुलिस अनुसार वाहनहरूको जाँच भइरहेको बेला पुलिस कर्मीहरूले टोयोटा इटिओस (एच आर 38जेड/2066) कारलाई रोकेर जाँच गरे।

सहचालकको सीट मुनि लुकाएर राखिएको एउटा ह्याण्डब्यागबाट तीन वटा पेस्तोल, तीन वटा खाली म्यागजिन, आठ वटा जिउँदो कारतूस र दुई वटा खाली कारतूस जफ्त गरियो। आरोपीहरू हतियारहरूको वैध दस्तावेज वा लाइसेन्स देखाउन विफल भए। त्यसपछि हिलालाबाद, कमरवारी, श्रीनगर निवासी अजान हमिद गाजीविरूद्ध नगरोटा पुलिस स्टेशनमा शस्त्र अधिनियम अन्तर्गत मामिला दर्ता गरियो। हतियारहरूको श्रोत अनि त्यसको प्रयोगको उदेश्य बारे पत्तो लगाउनको लागि अग्रिम जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande