बांस बागानमा युवकको गला काटेको शव भेटियो
बांस बागानमा युवकको गला काटेको शव भेटियो


मालदा, 30 जुलाई (हि.स.)। बांस बागानमा एक युवकको गला काटेको शव भेटिएकोले सनसनी फैलियो। घटना बुधवार बिहान चांचल-2 प्रखण्डको गोरखपुरको दक्षिणपाड़ाको हो। मृतकको नाम नहरुल हक (28) बताइएको छ। मृतकको घर घटनास्थलदेखि केवल 400 मीटरको दूरीमा छ। घटनापछि चांचल थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो।

पारिवारिक सूत्रहरू अनुसार, भकरी ग्राम पञ्चायत निवासी नहरूलको बिहे चांचल-1 प्रखण्डको मकदमपुरमा हुनेवाला थियो। बिहे 25 जुलाईमा तय थियो तर उ त्यस अगावै बेपत्ता भयो। उसको मोबाइल फोन घरमै थियो। कल लिस्ट हेर्दा परिवारले छिमेकी महिलाको फोन नम्बर भेटायो।

प्रारम्भिक जाँचपछि पुलिसले बतायो, युवकको हत्या निर्ममता तरीकाले गरिएको छ। शरीरका धेरै हिस्साहरूमा चोटको निशान छ। परिवारको आरोप छ, छिमेकी महिलाले अवैध सम्बन्धको कारण उनको छोराको हत्या गराएकी हो। चांचल एसडीपीओ सोमनाथ साहाले बताए, मृतकको परिवारले लिखित शिकायत दर्ता गराएको छ। त्यसको आधारमा जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande