नयाँ दिल्ली, 30 जुलाई (हि.स.)। कांग्रेस सांसद प्रियंका गान्धी वाड्राले वायनाड क्षेत्रमा गत साल भएको दुर्घटनामा केन्द्र सरकारको रबैयामाथि प्रश्न खड़ा गरिन्। उनले भनिन्, एक वर्षपछि पनि वायनाड दुर्घटनाका पीड़ितहरूले संघर्ष गरिरहेका छन्। सरकारले पीड़ितहरूका लागि पठाइएको सहायतालाई ऋणको रूपमा पठायो, यो धेरै नै दुःखद हो। पीड़ितहरूको ऋण माफी गरियोस्।
प्रियंका गान्धीले संसद भवन परिसरमा पत्रकारहरूलाई भनिन्, उनीहरूले त्यस ऋणलाई कसरी तिर्नेछन् ? केन्द्र सरकारको निम्ति यो एक सानो राशि हो, प्रदानमन्त्रीले यो पैसा माफी गर्नुपर्छ।
प्रियंकाले भनिन्, उनी संसदमा चलिरहेको बहसको कारण वायनाड पुग्न सकिनन् तर उनले त्यहाँका निवासीहरूप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरिन्। यो वायनाडवासीहरूका लागि धेरै कष्टदायक रहेको छ र उनले तिनीहरूको दुःखलाई मनबाट महसूस गर्छिन् किनभने उनले त्यहाँका निवासीहरूबाट अपार प्रेम पाएकी छन्। वायनाडका निवासी यस त्रासदीबाट छिट्टै बाहिर आउनेछन् र आफ्नो जीवनलाई अगाड़ी बढ़ाउन सक्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी