दुर्ग, 30 जुलाई (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) एवं आर्थिक अपराध अन्वेषण विङ (ईओडब्ल्यू) को संयुक्त टीमले छत्तीसगढ़को दुर्गमा ठूलो कारबाही गरेको छ। टीमले बुधवार मोक्षित कोर्पोरेशनको दुर्ग स्थित 3 आवासीय परिसरहरू र उसका कार्यालयमा छापा मारेको छ।
आधिकारिक सूत्रहरू अनुसार, यस ठूलो कारबाहीमा 24 भन्दा अधिक अधिकारी र कर्मचारी सामेल छन्। छापामारीको कारबाहीमा ईडीको टीमको साथ केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) का जवान पनि भारी संख्यामा सुरक्षाको दृष्टिले घटनास्थलमा तैनाथ छन्। यो कारबाही छत्तीसगढ़ मेडिकल सर्विसेज कोर्पोरेशन लिमिटेड (सीजीएमएससी) मा भएको 650 करोड़ रूपियाँभऩ्दा अधिकको कथित घोटालासित जोड़िएको बताइएको छ। यसमाथि पहिले पनि धेरै पल्ट कारबाही भइसकेको छ। छह महिना अगाड़ी ईओडब्ल्यू र भ्रष्टाचार निरोधक ब्यूरो (एसीबी) ले यस मामिलामा संयुक्त छापामारी गरेको थियो। यस बाहेक 27 जनवरी 2025 मा पनि मोक्षित कोर्पोरेशन र शान्तिलाल र शशांक चोपड़ाको गंजपारा स्थित घर र कार्यालयमा ईओडब्ल्यू-एसीबीको टीमले दस्तावेजहरूको जाँच गरेको थियो।
ईडी र ईओडब्ल्यूको तर्फबाट यस सम्बन्धमा अहिले कुनै आधिकारिक बयान अघि आएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी