चीन-पाकिस्तान गठजोड़को चेताउनी दिने इतिहासको क्लासमा सुतिरहेका थिए- विदेश मन्त्री
जयशंकर


नयाँ दिल्ली, 30 जुलाई (हि.स.)। विदेश मन्त्री डा. एस जयशंकरले बुधवार ‘अपरेशन सिन्दूर’ मा राज्यसभामा चर्चामा भाग लिँदै पाकिस्तान र चीनको सैन्य गठजोड़माथि विपक्षको आरोपहरूको जवाफ दिए। उनले भने, चीन र पाकिस्तानको गठजोड़को कारण हामीले पाकिस्तान अधिकृत कश्मीरको धरतीलाई छोड़्नु थियो। जयशंकरले खिल्ली उड़ाउँदै भने कि विपक्षका नेताको यो भनाई छ कि गठजोड़ अचानक भएको छ र उनले चेताउनी दिइऱहेका छन्। यसबाट लाग्छ कि उनी इतिहासको क्लासमा सुतिरहेका थिए।

विदेश मन्त्रीले राज्यसभामा भने, विपक्षले मतिर औंला उठाइरहेको छ। म बताउन चाहन्छु कि म 41 वर्षसम्म विदेश सेवामा रहेको छु र सबैभन्दा लामो समयसम्म राजदूत रहेको छु। गत 20 वर्षमा चीनको साथ हाम्रो रणनीतिमा सबैभन्दा ठूलो नोकसान श्रीलंकाको हम्बनटोटा पोर्ट हो र कांग्रेस नेतृत्व सरकारले यो हाम्रो निम्ति चिन्ताको विषय होइन भनेको थियो।

उनले भने, चाइना गुरू हो। त्यमसध्ये एक मेरो सामू बसेका सदस्य (जयराम रमेश) हुन्, जसको चीनप्रति यति गहिरो लगाउ छ कि उनले एक सन्धि बनाएका थिए भारत र चीनको चीनिया। चीन गुरूले भन्छन्, पाकिस्तान र चीनबीच घनिष्ठ सम्बन्ध छ। हामीलाई यसको जानकारी छ र हामीले यसको सामना गरिरहेका छौं तर यो भन्नु कि यो सम्बन्ध अचानक विकसित भयो, यसको अर्थ हो, उनी इतिहासको कक्षामा सुतिरहेका थिए।

कांग्रेस नेता पी चिदम्बरमद्वारा उनको चीन यात्रामाथि प्रश्न खड़ा गर्दा विदेश मन्त्रीले भने, उनको कुनै गुप्त बैठक थिएन। उनले चीनको साथ आतङ्कवाद, व्यापार प्रतिबन्धिहरू र डिएक्सकलेशनलाई कम गर्नमाथि छलफल भयो र हामीले चीनलाई स्पष्ट गऱ्यौं कि यो सब एक-अर्काको सम्प्रभुता र क्षेत्रीय खण्डकताको सम्मानसित जोड़िएको छ।

विदेश मन्त्रीले सदनलाई अमेरिकाको पाकिस्तानप्रति रबैयामाथि पनि स्थिति स्पष्ट गरे। उनले भने, पाकिस्तानलाई लिएर अमेरिका र भारतको अलग-अलग राष्ट्रिय नीतिहरू छन्। दुवैको नीतिमा यो अन्तर पहिलो पल्ट होइन। हाम्रो राष्ट्रिय नीति स्पष्ट छ कि हाम्रो पाकिस्तानसित आपस्तकै बातचित हुनेछ र आतङ्क र बातचित एकसाथ हुनेछैन। आज हामीले अमेरिकाको साथ धेरै मामिलाहरूमा सोझो बातचित गरिरहेका छौं। त्यसमा वाणिज्य समझौता पनि सामेल छ।

विदेश मन्त्रीले यस अवधि ट्रम्पको बयानहरूमाथि पनि स्थिति स्पष्ट गरे औं विपक्षलाई भने, उसले कान खोलेर सुनोस्। प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपतिबीच अप्रेल र जून 16 बीच कुनै कुराकानी भएन।

अपरेशन सिन्दूरको उपलब्धीमा विदेश मन्त्रीले विपक्षलाई भने, उसले पाकिस्तानमा आतङ्कीहरूको मलामी र पाकिस्तानको एयरबेसलाई भएको नोकसानको तस्वीरहरू र भीडियो हेर्नुपर्छ। बहावलपुर र मुरीदके आतङ्कको वैश्विक केन्द्र थियो र आज हामीले त्यसलाई ध्वस्त गरेका छौं र यो पाकिस्तानका प्रधानमन्त्रीको बयानहरूमा पनि स्पष्ट देखिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande