मुख्य न्यायाधीश न्यायमूर्ति सोमाद्दरले राज्यपालसॅंग शिष्टाचार भेट गरे
मुख्य न्यायाधीश न्यायमूर्ति सोमाद्दरले राज्यपालसॅंग शिष्टाचार भेट गरे


गान्तोक, 30 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरको कार्यकालको एक वर्ष पूरा भएको छ। उनले सिक्किमका 18औं राज्यपालको रूपमा पदको शपथ ग्रहण गरेका थिए।

राज्यपालको एक वर्ष कार्यकाल पूरा भएको पूर्वसन्ध्यामा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले राजभवनमा राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरे। उक्त जानकारी राजभवनले आज दिएको छ।

यस भेटको क्रममा मुख्य न्यायाधीशले राज्यपाललाई आफ्नो पदभारको पहिलो वर्ष सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिॅंदै शुभकामना व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande