नयाँ दिल्ली, 30 जुलाई (हि.स.)। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र अमेरिकी स्पेस रिसर्च एजेन्सी नासाको सैटेलाइट 'निसार' आज साझँ श्रीहरिकोटाबाट लाञ्च गरिनेछ। इसरोको ‘जियोसिन्क्रोनस सैटेलाइट लाञ्च व्हीकल' (जीएसएलवी) ले आज साझँ 5:40 बजी नासा-इसरो ‘सिन्थेटिक एपरचर रडार' (निसार) सैटेलाइटलाई सूर्य-समकालिक ध्रुवीय कक्षामा पठाउनेछ। यो सैटेलाइट 740 किलोमीटरको उचाईमा स्थापित हुनेछ। यो एक अत्याधुनिक रडार सैटेलाइट हो, जसले बादलहरू र पानी परेपनि 24 घण्टा पृथ्वीको तस्वीर लिनसक्छ।
इसरोको तर्फबाट बुधवार ट्वीट गरी बताइएको छ, जीएसएलवी-एफ16 बाट निसारको लाञ्चिङमा केवल थोरै समय बाकी छ। जीएसएलवी-एफ16, निसारलाई कक्षामा लैजान तयार छ। अन्तिम तयारीहरू चलिरहेको छ र प्रक्षेपणको उल्टा गन्ती शुरू भएको छ। आज साझँ 5.40 बजी निसारलाई लाञ्च गरिनेछ। यस लाञ्चिङको सीधा प्रसारण इसरोले आफ्नो ट्वीटर ह्याण्डलमा गर्नेछ। यसका साथै यस कार्यक्रमको लाइव प्रसारण हेर्न सी एसआई आरको हलमा आयोजित कार्यक्रममा केन्द्रिय मन्त्री डा. जितेन्द्र सिंह पनि उपस्थित रहनेछन्।
निसार सैटेलाइटको खास कुरा के छ भने यसको मद्दतले धरतीको हरेक इञ्चमाथि नजर राख्नु सम्भव हुनेछ। यसको उद्देश्य बाढ़ी, ग्लेोशियर, कोस्टनल इरोजन (तटीय क्षेत्रहरूमा हुने कटाउ) जस्ता प्राकृतिक घटनाहरूमाथि नजर राख्नु र त्यसको पूर्व जानकारी दिनु हो, तर यसबाट दुश्म्न देशहरूको गतिविधिहरूमाथि पनि तीखो नजर राख्न सकिनेछ। यो सैटेलाइटले पैह्रो, आपदा प्रबन्धन र जलवायु परिवर्तनको निगरानीमा मद्दत गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी