संघका वरिष्ठ प्रचारक माणकचन्दको निधन
संघ


जयपुर, 30 जुलाई (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका वरिष्ठ प्रचारक एवं पाथेय कण पत्रिकाका संरक्षक माणकचन्द (भाई जी) को मंगलवार दिउँसो 12.15 बजी यहाँको एसएमएस अस्पतालमा निधन भयो। उनको आयु 83 वर्ष थियो र गत एक महिनादेखि मिर्गौला सम्बन्धी रोगले ग्रस्त थिए।

संघको प्रचार विभाग अनुसार, मानकचन्द गत 60 वर्षदेखि संघको प्रचारक थिए। उनले 34 वर्षसम्म पाथेय कण पत्रिकाको प्रबन्ध सम्पादकको रूपमा कार्य गरे। उनी आपातकालमा जेल पनि गए। संघ कार्यप्रति उनको समर्पण, अनुशासन र वैचारिक स्पष्टता, प्रचारकहरूको नयाँ पीढ़ीको निम्ति प्रेरणा हो। पाथेय कणको माध्यमले उनले वैचारिक जागरूकताको जुन कार्य गरे, त्यो लामो समयसम्म स्मरणीय रहनेछ। उनको निधनले संघ परिवार, पाथेय परिवार एवं भारतीय विचारको पत्रकारिता जगतमा शोकको लहर छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande