वाराणसी, 30 जुलाई (हि.स.)। उत्तर प्रदेशको वाराणसी जिल्लामा अपरेशन सिन्दूरको सफलतामा मुस्लिम महिलाहरूले खुशी जाहेर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई राखीहरू पठाएका छन्। मुस्लिम महिलाहरूले अपरेशन सिन्दूरको लोगोको साथ सितारा र गोटा आदि सजाएर यी राखीहरू आफ्नो हातले बनाएका छन्। मुस्लिम महिलाहरूले राखी पठाएर प्रधानमन्त्रीका विरोधीहरूलाई उनीहरू मोदीसित सम्बन्धले बाँधिएका छन् भनी स्पष्ट सन्देश दिएका छन्।
बुधवार मुस्लिम महिला फाउण्डेशन एवं विशाल भारत संस्थानको संयुक्त तत्वावधानमा लमही स्थित सुभाष भवनमा जुटेका मुस्लिम महिलाहरूले ढोलकको तालमा प्रधानमन्त्रीको निम्ति गाना गाए। यस अवसरमा फाउण्डेशनको राष्ट्रिय अध्यक्ष नाजनीन अंसारीले भनिन्, अपरेशन सिन्दूरको माध्यमले प्रधानमन्त्री मोदीले पाकिस्तानलाई घुँड़ा टेकाएर बहिनी-छोरीहरूको सिन्दूर मेटाउनेहरूलाई पाठ सिकाए। सिन्दूरको मूल्य एक भाईलाई जतिको अरू कसलाई थाहा छ र, जसले हरेक मूल्यमा आफ्नी बहिनीको सम्मान र उसको सिन्दूरको रक्षाको निम्ति आफ्नो ज्यानसम्म लगाउछ। सिन्दूर भारतको महान संस्कृति, परम्परा र उच्च चरित्रको प्रतीक हो। जसले भारतको संस्कृतिलाई नै मान्दैन, जसको घरहरूमा सिन्दूरको सम्मान हुँदैन, यस्ता मानिसहरूले यसको विरोध गरेर पाकिस्तानलाई लाभ पुऱ्याउनेछन्। अपरेशन सिन्दूरको विरोध गर्नु राष्ट्रद्रोह हो। सेनासित गोपनीय कुराहरू सोध्नु दुश्मनलाई लाभ पुऱ्याउनु समान हो।
विशाल भारत संस्थानकी राष्ट्रिय महासचिव डा. अर्चना भारतवंशीले भनिन्, प्रधानमन्त्री मोदीले देशको लाज राखे। जसले सिन्दूर मेटाएका थिए, उनीहरूलाई आघात पऱ्याइयो। प्रधानमन्त्रीले एक भाई सरह बहिनीहरूको खयाल राख्छन्। वर्ष 2011 देखि हरेक वर्ष संस्थानको तर्फबाट नरेन्द्र मोदीलाई राखी पठाइँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी