सहारनपुर, 30 जुलाई (हि.स.)। उत्तर प्रदेशमा सहारनपुर जिल्लाको तीरा थाना क्षेत्रमा बुधवार अज्ञात बदमाशहरूले एक युवकको गोली हानेर हत्या गरे। वरिष्ठ पुलिस अधीक्षक आशीष तिवारीले घटनास्थलको निरीक्षण गर्दै अधीनस्थहरूलाई शीघ्र खुलासाको निर्देश दिएका छन्।
एसएसपीले बताए, गाउँ बरसी निवासी अंकुश (23) आज बिहान खेतबाट पशुहरूलाई चारो दिएर घर फर्किरहेको थियो। बाटोमा पहिलेदेखि घात लगाएर बसेका बदमाशहरूले उसलाई गोली हानेर भागे। गोलीको आवाज सुनेर गाउँकै मजदूर घटनास्थमा पुग्यो र घटनाको जानकारी परिवारलाई दिँदै घाइतेलाई अस्पताल पुऱ्यायो। डाक्टरहरूले प्राथमिक उपचारपछि उसलाई हायर सेन्टर रेफर गरे। पुलिसको साथ परिजन घाइते छोरा अंकुशलाई लिएर जिल्ला अस्पताल पुगे, जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे।
एसएसपीले बताए, पुलिसले फोरेन्सिक एक्सपर्टको साथ घटनास्थलको निरीक्षण गरेको छ। घटनाको समय उपस्थित गाउँलेहरूसित सोधपुछ गरेर उनीहरूको बयान दर्ता गरिँदैछ। घटनाको खुलासाको निम्ति तीन अलग-अलग टीम खटाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी