श्रीनगर, 31 जुलाई (हि.स.)। उपराज्यपाल मनोज सिन्हाले आज पवित्र श्री अमरनाथ यात्राको आयोजनमा सामेल सबै हितधारकहरूप्रति आभार व्यक्त गरे किनभने आज अमरनाथ तीर्थयात्रामा 4 लाखभन्दा धेरै तीर्थयात्रीले दर्शन गरिसकेका छन्।
उपराज्यपालले एक्समा एक पोस्टमा भनेका छन्, बाबा अमरनाथले असम्भवलाई सम्भव बनाउँछन्। उनको आशीर्वादले पवित्र यात्राले आज 4 लाखको आंकड़ा नाघ्यो। म यस चमत्कारको निम्ति भगवान शिवलाई नमन गर्दछु र यस पवित्र तीर्थयात्रालाई भक्तहरूका लागि एक दिव्य अनुभव बनाउनमा सामेल सबै मानिसहरूप्रति आभार व्यक्त गर्दछु।
देश-दुनियाभरिबाट भक्तहरूको रेकर्ड संख्यामा दर्शन र आगमन भारतको एकता र चुनौतीहरूमाथि विजय पाउने उसको संकल्पको प्रमाण हो। म ती भक्तहरूको वास्वतमा आभारी छु, जसले अपार आस्था देखाएका छन् र हाम्रो अमूल्य आध्यात्मकि विरासतलाई मजबुत बनाएका छन्।
यो ईश्वरीय यात्रा अतुलनीय छ, यसैले होइन कि यो कठिन र चुनौतीपूर्ण छ, यो यसैले हो किनभने यो शुद्ध आनन्दको एक अद्वितीय यात्रा हो। यो एक आध्यात्मिक अनुभव हो र भक्तहरूलाई आफूलाई जान्ने अवसर दिन्छ र गहिरो विश्वास प्रदान गर्दछ र उनको हृद्यलाई असीम कृतज्ञताले भरिदिन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी