गान्तोक, 31 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले आज रिजर्व ब्याङ्क अफ् इण्डिया (आरबीआई) को क्षेत्रीय निदेशक थोटङम जमाङ र सहायक महाप्रबन्धक संगीता चट्टोपाध्यायसॅंग गान्तोकस्थित आरबीआईको क्षेत्रीय कार्यालयमा भेट गरे।
यस भेटको क्रममा अध्यक्ष थापाले विभिन्न केन्द्रिय आत्मनिर्भर योजनाहरू जस्तै उन्नति, पीएमईजीपी, मुद्रा, विद्या लक्ष्मी स्टडी लोन र लखपति दिदीमाथि चर्चा गर्दै गाउँको अर्थतन्त्रलाई बढावा दिन समर्पित व्यक्तिहरूलाई झन्झटमुक्त ऋण उपलब्ध गराउन सुझाउ राखे।
प्रदेश अध्यक्ष थापाले केन्द्रिय स्वरोजगार योजनाहरू अन्तर्गत ब्याङ्कहरूबाट ऋण प्राप्त गर्न सिक्किमका जनताले धेरै समस्या झेल्नु परिरहेको विषयमा चिन्ता प्रकट गरे। उनले क्षेत्रीय निर्देशकलाई यी मुद्दाहरूलाई सम्बोधन गर्न अनुरोध गरे, जसले राज्यमा यी योजनाहरूको कार्यान्वयनमा बाधा पुर्याइरहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल