ब्राउन शुगरको साथ दुई पक्राउ
ब्राउन शुगरको साथ दुई पक्राउ


सिलगढ़ी, 31 जुलाई (हि.स.)। एनजेपी थाना पुलिसले फूलबाड़ीमा अभियान चलाएर दुई जनालाई प्रचुर मात्रामा ब्राउन शुगरको साथ पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूको पहिचान फूलबाड़ी निवासी मोहम्मद अजिरुल र बिहारको ठाकुरगंज निवासी मोहम्मद इकबालको रूपमा गरिएको छ।

सूत्रहरू अनुसार, गुप्त सूचनाको आधारमा एनजेपी थाना पुलिसले बुधवार अबेर राति अभियान चलाएल बिहार नम्बरको एक स्कूटीलाई रोकेर तलाशी लियो। यस अवधि स्कूटीको डिक्कीबाट 100 ग्रामभन्दा अधिक ब्राउन शुगर जफत गरियो। जसपछि आरोपीहरूलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी पक्राउ गरियो।

यो मादक पदार्थ बिहारको ठाकुरगंजबाट फूलबाड़ी ल्याइएको बताइएको छ। मादक पदार्थको अनुमानित बजार मूल्य लगभग दुई लाख रूपियाँ छ। एनजेपी थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande