धर्मको आधारमा नाम हटाउने षड़यन्त्र- मन्त्री उदयन गुहा
धर्मको आधारमा नाम हटाउने षड़यन्त्र- मन्त्री उदयन गुहा


जलपाइगढ़ी, 31 जुलाई (हि.स.)। यो बिहार होइन, यहाँ भाजपाको सरकार छैन। धर्मको आधारमा नाम हटाउने षड़यन्त्र हुनसक्दैन। यदि मतदाता सूचीबाट नाम हटाइयो भने पत्तो लाग्नेछ। उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले जलपाइगढ़ीको सदर प्रखण्डको गोरालबाड़ीमा उत्तर बंगाल विकास विभागको फण्डले सड़क र पुलको शिलान्यास गर्दै बिहिवार स्पेशल इन्टेन्सिव रिवीजन (एसआईआर) लाई लिएर यो चेताउनी दिए।

उनले भने, मतदाता सूचीमा सालभरि नाम जोड़िन्छ र काटिरहन्छ। यदि कसैको मृत्यु हुन्छ भने उसको नाम काटिनेछ। हाम्रो भनाई छ, मतदाता सूचीमा संशोधन गरियोस्। जबसम्म संसदीय लोकतन्त्र छ तबसम्म यस्तै भइऱहनेछ। तर संसदीय लोकतन्त्र र मतदाता सूचीमा संशोधनको नाममा नाम जोड्ने योजनालाई स्वीकार गर्न मिल्दैन।

उत्तर बंगाल विकास मन्त्रीले यो पनि भने, यदि मलाई यस क्षेत्रका मानिसहरू मन पर्दैन, यसैले हामी उसको नाम हटाउनेछौं। कसैले यस षढ़यन्त्रको माध्यमले मतदाता सूचीमा संशोधन गर्ने सोच्छ भने मलाई थाहा छैन पूरा हिन्दुस्तानमा के हुनेछ। पश्चिम बंगालम यस्तो केही पनि हुन दिइनेछैन। भोटर र आधार कार्ड मेरो पहिचान पत्र होइन भने मेरो पहिचान के हो ? हामीलाई भाजपा सदस्यता कार्डको खाँचो पर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande