कामरूप, 31 जुलाई (हि.स.)। कमलपुरको अलेकजारी गाउँमा अपराधीद्वारा चक्कुले गरिएको हमलामा एक व्यक्तिको मृत्यु भएको छ जबकि मृतककी पत्नी गम्भीर रूपमा घाइते भइन्।
कमलपुर पुलिसले बताएको छ, मध्य रातमा लगभग 1.30बजी कपिल दास नाम गरेको अपराधीले पति-पत्नीमाथि धारिलो चक्कुले हमला गऱ्यो। कपिल दास घरको पर्खाल नाघेर सीधा सुत्नेको कोठामा पस्यो र चोरी गर्ने मनसायले पति शंकर दास र पत्नी गीतीमा दासमाधि धेरै पल्ट चक्कुले हमला गऱ्यो।
गम्भीर रूपमा घाइते दुवैलाई बाईहाटाको एक निजी अस्पतालमा भर्ती गराइयो, जहाँ उपचार भइरहेको समय शंकर दासको मृत्यु भय़ो भने पत्नी गीतीमा दासको स्थिति गम्भीर बनेको छ र उ जीवन-मृत्युबीच जुझिरहेकी छे।
कपिलले यस नृशंस हमलालाई कुन उद्देश्यले परिणाम दियो, यो अहिले रहस्य बनेको छ। स्थानीय मानिसहरूले कपिल दासलाई पछ्याएर समाते औं उसलाई बाँधेर कमलपुर पुलिसलाई सुम्पे।
उल्लेख्य, कपिल दास पहिलेपनि गाउँमा धेरै आपराधिका घटनाहरूमा सामेल रहिसकेको छ र उ जेल पनि गइसकेको छ। गाउँमा उसको नामको आतङ्क छ। यस जघन्य घटनाले पूरा क्षेत्रमा भारी सनसनी फैलेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी