शुक्रवारदेखि उत्तर बंगालमा भारी वर्षाको अलर्ट, दक्षिणमा राहत
शुक्रवारदेखि उत्तर बंगालमा भारी वर्षाको अलर्ट, दक्षिणमा राहत


कोलकाता, 31 जुलाई (हि.स.)। मौसम विभागले शुक्रवारदेखि उत्तर बंगालमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान जारी गरेको छ। दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदा जिल्लाहरू वर्षाको प्रभाव सबैभन्दा अधिक रहने सम्भावना छ। शनिवार विशेष रूपमा दार्जीलिङ, उत्तर दिनाजपुर र मालदा जिल्लाहरूमा भारी पानी पर्नसक्छ। यी सबै जिल्लाहरूका लागि सोमवारसम्म अरेन्ज अलर्ट जारी गरिएको छ।

यसबीच दक्षिण बंगालमा शुक्रवारदेखि मौसममा केही सुधार देखिनसक्छ। यद्यपि, बिहिवार पूर्व बर्धमान, पश्चिम बर्धमान, बीरभूम र मुर्शिदाबादमा केही ठाउँ पानी पर्नसक्छ। कोलकाता सहित दक्षिण बंगालका अधिकतर जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षाको साथ 30- 40 किलोमीटर प्रति घण्टाको बेगले तीव्र हावा बग्ने सम्भावना छ। शुक्रवारपछि दक्षिण बंगालमा वर्षाको तीव्रता घट्नेछ र तापक्रममा वृदधि पनि हुनसक्छ।

अलीपुर मौसम विभागले बताए, उत्तर-पश्चिम बंगालको खाड़ी र त्यससित जोड़िएका ओडिशा एवं गंगा-पश्चिम बंगाल क्षेत्रमा चक्रवातीय परिसंचरण बनेको छ। साथै उत्तर-पूर्व र उत्तर-पश्चिम मध्यप्रदेशदेखि लिएर उत्तर-पूर्व बंगालको खाड़ीसम्म एक निम्न दबाउ रेखा सक्रिय छ, जुन झारखण्ड, गंगा-पश्चिम बंगाल र बांग्लादेश हुँदै गुज्रिरहेको छ।

यस बाहेक एक मनसूनी अक्षांश रेखा बिकानेर, रांची र दीघा हुँदै दक्षिण-पूर्व दिशामा बंगालको खाड़ीसम्म फैलेको छ, जसले वर्षाको स्थितिलाई प्रभावित गरिरहेको छ।

बिहिवार कोलकातामा न्यूनतम तापक्रम 25.7 डिग्री सेल्सियस दर्ता गरियो, जबकि बुधवार अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस रह्यो। वातावरणमा आर्द्रताको स्तर 94 देखि 100 प्रतिशतबीच रह्यो। गत 24 घण्टामा कोलकातामा 40.6 मिमी वर्षा दर्ता गरियो। शनिवारदेखि कोलकातामा तापक्रम बढ्ने र आर्द्रताको कारण असहजता बढ़्ने सम्भावना छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande