कपड़ा दोकानमा आगलागी, लाखौंको नोकसान
कपड़ा दोकानमा आगलागी, लाखौंको नोकसान


दरंग, 31 जुलाई (हि.स.)। दलगाउँको मौसितामा कपड़ाको दोकानमा बिहिवार बिहान अचानक आगो लाग्दा क्षेत्रमा खैलाबैला मच्चियो। स्थानीय मानिसहरूको तत्परताले आगो निभाइयो, तर तबसम्म लाखौं रूपियाँको नोक्सान भइसकेको थियो।

दरंगको दलगाउँको मौसिता बजारको माँ फैसन स्टोर नाम गरेको कपड़ाको दोकानमा आज बिहान लगभग 5 बजी आगो लाग्यो। जबसम्म आगो निभाइयो तबसम्म लगभग 30 लाख रूपियाँको सम्पत्ति र नगदी जलेर खरानी भयो।

व्यवसायिक संस्थाको मालिक ओमर अलीले बताए, कपड़ाको दोकानमा रहेको इनवर्टरबाट शटसर्किटक कारण आगो लागेको सन्देह छ। उनले आरोप लगाए, सम्पर्क गरेपछि पनि दमकल सेवा समयमा आएन तर स्थानीय मानिसहरूको तत्परताले आगो निभाइयो। दुर्घटनामा कोही हताहत भएको सूचना छैन। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande