गौरीपुर पुलिसको ड्रग्स विरोधी अभियानमा तीन तस्कर पक्राउ
गौरीपुर पुलिसको ड्रग्स विरोधी अभियानमा तीन तस्कर पक्राउ


धुबड़ी, 31 जुलाई (हि.स.)। असमको गौरीपुर पुलिसले ड्रग्स विरोधी अभियानमा तीन ड्रग्स तस्करलाई पक्राउ गरेको छ। गौरीपुर पुलिसले आज बताएको छ, हिजो राति मधुसौलमारी प्रथम खण्डका स्थानीय नागरिकहरूको सहयोगले गुप्त सूचनाको आधारमा प्रतिबन्धित ड्रग्स विरूद्ध अभियान चलाइयो। यस अभियानमा भारी मात्रामा ड्रग्सको साथ तीन तस्करलाई पक्राउ गरियो।

पक्रा परेका तस्करहरूको पहिचान पंकज देवनाथ (22), अब्दुल मतलेब (41) र सायान सरकार (24) को रूपमा गरिएको छ। पछि गौरीपुर पुलिसले तीनै युवकलाई थाना लगेर अघिको कारबाही शुरू गरेको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande