मुख्यमन्त्रीले राज्यपाललाई राजभवनमा भेटेर बधाई दिए
मुख्यमन्त्रीले राज्यपाललाई राजभवनमा भेटेर बधाई दिए


गान्तोक, 31 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यपाल ओम प्रकाश माथुरलाई सिक्किमको राज्यपालको रूपमा एक वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्रीले राज्यपाललाई आज राजभवनमा भेट गरेर बधाई दिए। मुख्यमन्त्रीको साथमा उनकी धर्म पत्नी कृष्ण राई पनि सामेल थिए।

मुख्यमन्त्रीले सिक्किम सरकार र सिक्किमका जनताको तर्फबाट राज्यपाललाई हार्दिक बधाई दिॅंदै संवैधानिक मूल्यमान्यता र लोकतान्त्रिक शासनप्रतिको उनको बहुमूल्य मार्गदर्शन र दृढ प्रतिबद्धताको लागि गहिरो कृतज्ञता व्यक्त गरे। उनले विगत एक वर्षमा राज्यपालको अनुभवी नेतृत्वमा काम गर्न पाउनु राज्य सरकारको लागि ठूलो गर्व र सौभाग्यको कुरा रहेको बताएका छन्।

मुख्यमन्त्रीले राज्यमा शासन ढाँचालाई सुदृढ पार्न र शान्ति र प्रगतिलाई प्रवर्द्धन गर्न राज्यपालको योगदानको प्रशंसा गरे। उनले सिक्किमको समृद्धिको लागि सहकार्य गरेर काम गर्ने सरकारको प्रतिबद्धता व्यक्त गर्दै राज्यपालको सुस्वास्थ्य, खुशी र भविष्यका सबै प्रयासहरूमा सफलताको कामना गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande