डिब्रूगढ़, 31 जुलाई (हि.स.)। डिब्रूगढ़ जिल्लाको लाहोवाल क्षेत्रमा एक युवकको नृशंस हत्या गरिएको मामिला प्रकाशमा आएको छ। पुलिसले बतायो, लाहोवालको कूहियाबाड़ी क्षेत्रमा धारिलो हतियारले कार्तिक साउरा नाम गरेको युवकले नरेश साहू बिरलाको नृशंस हत्या गऱ्यो।
घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएऱ पोस्टमार्टमको निम्ति अस्पताल पठायो। पुलिसले हत्यामा सामेल कार्तिक साउरालाई पक्राउ गरेको छ।
पुलिसले हत्यामा उपयोग गरिएको धारिलो हतियारलाई पनि जफत गरेको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ। हत्याको कारण के थियो, यसको पत्तो लागेको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी