सिलगढ़ी, 31 जुलाई (हि.स.)। पोखरीमा झरेर एक व्यक्तिको मृत्यु भएको घटना प्रकाशमा आएको छ। घटना सिलगढ़ी महकुमा अन्तर्गत फांसीदेवाको कदुभिता गाउँको हो। मृतकको नाम ज्वेल एक्का, स्थानीय निवासी बताइएको छ। य़स घटनाले क्षेत्रमा शोकको लहर दौड़ेको छ।
पारिवारिक सूत्रहरू अनुसार, ज्वेल एक्का बुधवार बजार गएर घर फर्किरहेको थियो तब पोखरीमा चिप्लियो। स्थानीय मानिसहरूले पोखरीमा पसेर उनलाई खोज्नु शुरू गरे तर उनलाई खोज्न सकिएन। बिहिवार पुनः खोजबीनपछि पोखरीबाट उनको शव निकालियो। पछि घोषपुकुर चौकी पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएऱ पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। पुलिस अघिको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी