नावबैसामा वीजीआरको दुई जमीनबाट अतिक्रमण हटाउने तयारी, धेरै परिवारहरूले आफै भत्काए घर
नावबैसामा वीजीआरको दुई जमीनबाट अतिक्रमण हटाउने तयारी, धेरै परिवारहरूले आफै भत्काए घर


लखीमपुर, 31 जुलाई (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा नेतृत्व असम सरकारद्वारा सरकारी भूमिलाई अतिक्रमण मुक्य गराउने सख्त कारबाहीबीच नावबैसा राजस्व सर्किल कार्यालय पनि ग्रेडिङ रिजर्व (वीजीआर) भूमिबाट अतिक्रमण हटाउनका लागि सक्रिय भएको छ।

फुकनदलानी र नम्बर 1 कलाखोवा वीजीआर क्षेत्रहरूमा भूमिको सर्वेक्षण गरियो, जसमा फुकनदलानीको 237 बीघा र कलाखोवाको 142 बीघा ग्रेजिङ भूमिलाई चिह्नित गरियो।

प्रशासनको यस कारबाहीले यी क्षेत्रहरूमा बसिरहेका दुई सयभन्दा अधिक परिवारहरूमा कोकोहोलो मच्चेको छ। धेरै परिवारहरूलाई आफै आफ्नो घर भत्काएर सुरक्षित स्थानहरूमा सर समान लगेको देखिएको छ।

यी क्षेत्रहरूमा लामो समयदेखि बसिरहेका मानिसहरूले पक्का घर बनाएर जीवन यापन गरिरहेका थिए। यस्तो स्थितिमा लखीमपुर जिल्ला प्रशासनद्वारा बेदखलीको तयारीले यी परिवारहरूमा चिन्ता र भयको माहोल देखियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande