नयाँ दिल्ली, 31 जुलाई (हि.स.)। दिल्लीको रोहिणी सेक्टर-3 स्थित सर्वोदय विद्यालयमा बिहिवार प्लेसमेन्ट ड्राइव र रोजगार मेलाको आयोजन गरियो।
दिल्लीका शिक्षा मन्त्री आशीष सूद यस आयोजनमा सामेल भए। यस अवसरमा उनले भने, प्लेसमेन्ट ड्राइव र रोजगार मेलामा युवा प्रतिभाहरूलाई विभिन्न कम्पनीहरूको प्रतिनिधिहरूसित सोझो संवाद गर्ने र रोजगारको अवसर प्राप्त गर्ने अवसर पाए। यो जानकारी शिक्षा मन्त्रीले आफ्नो एक्स अकाउन्टमा साझा गरेका छन्।
शिक्षा मन्त्रीले भने, यस पहलको उद्दश्य केवल रोजगार उपलब्ध गराउनु थिएन तर युवाहरूलाई उनीहरूको कौशल अनुरूप सही दिशा दिनुपनि थियो। मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा दिल्ली सरकारले युवाहरूको सशक्तिकरणको निम्ति निरन्तर प्रभावी प्रयास गरिरहेको छ, जसबाट उनीहरूले आत्मनिर्भर भारतको निर्माणमा सक्रिय भागीदारी निभाउन सकुन्।
हिन्दुस्थान समाचार / भवानी थामी