दार्जिलिङ, 31 जुलाई (हि.स.)। चिया बोनसमाथि दार्जीलिङ टी एसोसिएशन (डीटीए)-ले 8 अगस्तमा बैठक डाकेको छ। प्लाण्टर्स क्लब डीटीए शाखा कार्यालयमा अपरान्ह 3 बजी प्रस्तावित सभामा 9 वटा राजनीतिक दलका प्रति श्रमिक सङ्गठनका दुईजना प्रतिनिधिहरु उपस्थित भइदिन मुख्य सल्लाहकार सन्दीप मुखर्जीले पत्राचार गरेका छन्।
यसलाई केन्द्र गरेर चिया श्रमिकहरुबीच मिश्रित प्रतिक्रिया देखापरेको छ। 5 अगस्त शुक्रवार पहिलो बैठक शुरु हुने भनिए तापनि कति प्रतिशतको दरमा कहिले चिया बोनसको फैसला हुने भन्ने कुराको टुङ्गो छैन। लगभग दशैंको मुखमा पुगेको यो झमेलामाथि हस्तक्षेसँगै राज्यको श्रम विभागले निकालेको सामाधान सूत्रसित दार्जिलिङको चिया श्रमिकहरु खुशी भएको देखिन्न।
घट्दो उब्जनी र श्रमिक संख्याबीचको मुनाफा अनि नोक्सानीको खिँचातानीपछि पछिल्लो 4 प्रतिशतको रहल बोनसको मुद्दा सबैलाई टाउको दुखाइको विषय हुने देखिन्छ। किनभने यो मुद्दामाथि अहिलेसम्म कुनै छलफल हुन सकेको छैन।
हिन्दुस्थान समाचार / हनोक