खरसाङ, 31 जुलाई (हि.स.)। तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा एक महिनाव्यापी 'कुनसाङ लामे स्याल लुङका' दिव्य प्रवचनको कार्यक्रम आयोजना हुने भएको छ। उक्त महुनाव्यापी 'कुनसाङ लामे स्याल लुङका' दिव्य प्रवचनको कार्यक्रम 1 अगस्त 2025 देखि 31 अगस्त 2025 सम्म आयोजना जारी रहने बताइएको छ।
यस विषयमा तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बा तामाङ बुद्धिस्ट एसोसिएशनका सचिव महेन्द्र तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै एक महिनासम्म चल्ने उक्त 'कुनसाङ लामे स्याल लुङका' दिव्य प्रवचनको कार्यक्रम शुक्रवार 1 अगस्तदेखि लगातार रुपमा प्रतिदिन अपरान्ह 2:30 बजीदेखि 4 बजीसम्म चल्ने बताए। यसमा धर्म गुरु ल्हाक्पा बम्जन म्हेम्हेले प्रवचन दिने पनि उनले जानकारी गराएका छन्।
उनले उक्त महिनाभरि चल्ने 'कुनसाङ लामे स्याल लुङका' दिव्य प्रवचनको कार्यक्रममा सबैलाई उपस्थित भएर दिव्य प्रवचन श्रावण गरिदिन आह्वान् गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक