कोलकाता, 4 जुलाई (हि.स.)। स्वामी विवेकानन्दको पुण्यतिथिको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन्। उनले भनेकी छन्, स्वामी विवेकानन्द एकजना महान सन्यासी मात्र होइनन्, एकजना साँचो देशभक्त पनि थिए जसको आदर्श आज पनि त्यति नै प्रासंगिक छ जति त्यसताक थियो।
मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा लेखिन्, स्वामीजीले दिएका विश्व बन्धुत्व औ शान्तिको सन्देश आज पनि त्यति नै आवश्यक छ। उनले भनिन्, स्वामी विवेकानन्दले जुन हिन्दू धर्ममाथि विश्वास राख्दथे, उनलाई पनि त्यसैमाथि विश्वास छ र त्यो धर्मले यहीँ सिकाउँछ, मानवधर्म नै सबैभन्दा ठूलो धर्म हो।
ममता ब्यनर्जीले लेखिन्, उनी जीवनभरि नै स्वामी विवेकानन्दलाई श्रद्धाञ्जलिस्वरूप कार्य गरिरहनेछन्। स्वामीजीको पैतृक आवास अनि भदैनी निवेदिताका दुवै आवास- एउटा बाग बजार र अर्को दार्जीलिङका रामकृष्ण मिशन औ रामकृष्ण सारदा मिशनलाई सुम्पिनको लागि उनले व्यक्तिगत प्रयास गरेकी छन्। यसको साथै उनले यो पनि बताइन्, स्वामीजीको घरस्थित संग्रहालयको लागि राज्य सरकारको तर्फबाट प्रतिवर्ष अनुदान प्रदान गरिन्छ।
मुख्यमन्त्रीले यो पनि उल्लेख गरिन्, कोलकाताको न्यू टाउन क्षेत्रमा विवेकानन्दको आदर्श अनि दर्शनमाथि आधारित 'विवेक तिर्थ' नामक एक शैक्षणिक तथा सांस्कृतिक केन्द्र स्थापना गरिँदैछ जसको लागि जमीन र निर्माणको केही लागत राज्य सरकारले वहन गरेको छ।
उनले बताइन्, स्वामी विवेकानन्दको जन्मदिनमा 'विवेक चेतना उत्सव'- को शुरुआत गरिएको छ जुन राज्यभरि नै आयोजना हुन्छ ताकि नयाँ पिँढ़ीसम्म उनका विचारहरूलाई पुऱ्याउन सकियोस्। यस अतिरिक्त युवाहरूको लागि 'स्वामी विवेकानन्द मेरिट-कम-मिन्स स्कलरशिप' जस्ता केही सरकारी योजनाहरू पनि शुरू गरिएको छ। यति मात्र नभएर कोलकाताको सल्ट लेक स्टेडियमको नाम परिवर्तन गरेर ‘विवेकानन्द युवा भारती क्रीड़ांगन’ राखिएको छ।
मुख्यमन्त्रीले अन्तमा लेखिन्, यी तमाम पहल स्वामी विवेकानन्दप्रति श्रद्धा अनि सम्मानको भावनाबाट प्रेरित छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा