कोलकाता, 4 जुलाई (हि.स.)। दक्षिण कोलकाता ल कलेजमा एक जना छात्रासित भएको सामूहिक बलात्कारको मामिलामा कोलकाता पुलिसले शुक्रवार भोर बिहान घटनास्थलमा पुगेर घटनालाई पुनर्निर्माण गऱ्यो। यसावधि चारै जना आरोपीहरूलाई कलेजमा लगियो जहाँ लगभग चार घण्टासम्म यो प्रक्रिया चल्यो।
पुलिस अनुसार मुख्य आरोपी पूर्व छात्र औ अनुबन्धित कर्मचारी मनोजीत मिश्रा लगायत वर्तमान छात्र प्रमित मुखर्जी, ज़ैब अहमद एवं कलेजको सुरक्षा गार्ड पिनाकी ब्यानर्जीलाई बिहान लगभग 4:30 बजी कलेजमा ल्याइयो जहाँ भारी पुलिस बलको सुरक्षाबीच चारै आरोपीहरूको उपस्थितिमा सम्पूर्ण घटनालाई पुनर्निर्माण गरियो जसपश्चात सबैलाई थानामा लगियो।
एक जना पुलिस अधिकारीले बताए, यो प्रक्रिया जाँचको महत्वपूर्ण भाग हो। आज घटनास्थलको पुनर्निर्माणको कार्य पूरा गरिएको छ। अब हाम्रो टीमले पीड़िताको बयानलाई अन्य साक्ष्यहरूसित दाँजिरहेको छ।
पुलिस सूत्र अनुसार मनोजीत मिश्राको नेतृत्वमा यो अपराधलाई गत 25 जूनको साँझ कलेज परिसरमा परिणाम दिइएको थियो। सिकायत अनुसार घटना लगभग तीन घण्टासम्म भयो र यसमा कलेज परिसरका केही स्थानहरूलाई प्रयोग गरियो जसमा सुरक्षा गार्डको कक्ष पनि सामेल छ।
यस मामिलाको जाँच कोलकाता पुलिसको डिटेक्टिभ डिपार्टमेन्टले गरिरहेको छ। पीड़िताको चिकित्सकीय जाँच अनि घटनास्थलबाट प्राप्त परिस्थितिजन्य प्रमाणले पीड़िताले लगाएको आरोपलाई पुष्टि गर्दछ।
सुरक्षा गार्ड पिनाकी ब्यीनर्जीको पुलिस हिरासत चार जुलाईसम्मको लागि थियो जसलाई अदालतमा पेश गर्ने प्रक्रिया शुक्रवार पूरा गर्नुछ। गार्डमाथि आफ्नो ड्यूटीमा लापरबाही गरेको आरोप छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा