दमोहः सन्त जोन ईसाई मिशनरी स्कूललाई 6 करोड़ 25 लाख रुपियाँ भुक्तान गर्ने आदेश
दमोहः सन्त जोन ईसाई मिशनरी स्कूललाई 6 करोड़ 25 लाख रुपियाँ भुक्तान गर्ने आदेश


दमोह, 04 जुलाई (हि.स.)। ईसाई मिशनरीद्वारा संचालित सन्त जोन स्कूल एकपटक फेरि चर्चामा आएको छ। दमोहका कलेक्टर सुधिर कमार कोचरले नोटिस जारी गरी प्रबन्धनलाई आगामी 10 जुलाईभित्रमा 6 करोड़ 25 लाख रुपियाँ सहित 2 लाख जरीमाना जमा गर्न भनेका छन्।

उल्‍लेखनीय छ, बितेको केही महिनापूर्व कलेक्टर सुधिर कुमार कोचरले निजी विद्यालयहरूमा भइरहेको अनियमितता, पुस्तक अनि फिसलाई लिएर भइरहेको विसंगतिविरूद्ध कारबाही गरेका थिए। यसै क्रममा सन्तजोन स्कूलविरूद्ध पनि कारबाही गरिएको थियो। यस कारबाहीलाई चुनौती दिनको लागि सन्त जोन स्कूलको प्रबन्धनद्वारा राज्य समितिमा मामिला प्रस्तुत गरिएको थियो। मध्यप्रदेश निजी विद्यालय (फिस तथा सम्बन्धित विषयहरूको विनियमन) अधिनियम 2017 एवं नियम 2020 अन्तर्गत विद्यालय एवं जिल्ला समितिद्वारा प्रस्तुत गरिएका दस्तावेजहरूको परीक्षण उपरान्त राज्य समितिले विद्यालयद्वारा गरिएको अपीलमा कुनै पनि तर्क जिल्ला समितिद्वारा पारित निर्णयविरूद्ध नपाइएपछि विद्यालयको अपीललाई खारेज गर्दै राज्य समितिद्वारा जिल्ला समितिको आदेशलाई यथावत राखिएको छ।

यस सम्बन्धमा कलेक्टर सुधिर कुमार कोचरले स्कूल प्रबन्धनलाई नोटिस जारी गरी भनेका छन्, आगामी 10 जुलाईसम्ममा 6 करोड़ 25 लाख रुपियाँभन्दा अधिकको अर्थदण्ड भुक्तान गर्न सुनिश्चित गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande