मणिपुरमा सुरक्षा बलहरूको अभियान जारी, भारी मात्रामा हतियार अनि विस्फोटक जफत
मणिपुरमा सुरक्षा बलहरूको अभियान जारी, भारी मात्रामा हतियार अनि विस्फोटक जफत


इम्फाल, 4 जुलाई (हि.स.)। मणिपुरका केही जिल्लाहरूमा सीमान्त एवं संवेदनशील क्षेत्रहरूलाई स्थिर बनाउने उदेश्यले भइरहेका प्रयासहरू अन्तर्गत सुरक्षा बलहरूले खोजी अभियान अनि क्षेत्र वर्चस्व अभ्यासलाई तीव्रता दिएका छन्। यी कारबाहीहरूको क्रममा केही हतियार, गोला-बारूत र सैन्य ग्रेड उपकरण जफत गरिएको छ।

पुलिसले शुक्रवार बतायो, चुराचाँदपुर पुलिस स्टेशन अन्तर्गत माओवीम गाउँको जंगली क्षेत्रमा संचालित अभियानमा अवैध हतियार एवं उपकरणहरूको भण्डार नै जफत गरियो जसमा म्यागजिन समेत एउटा देशी एके राइफल, एउटा लेथोड गन, म्यागजिन सहितत चारवटा देशी पेस्तोल, तीन वटा सिंगल ब्यारल देशी राइफल, एउटा देशी स्टेन कार्बाइन, विभिन्न आकारहरूको चार वटा 5.56 मिमीको पंटाप एक्शन गन, बारूदको छह राउण्ड र छह वटा खाली डब्बा, 7.62 मिमी एके-47 गोला-बारूदको एउटा जीवित राउण्ड तथा नौवटा खाली डब्बा, पम्प गनको लागि तीनवटा जीवित राउण्ड, 12-गेज गोला-बारूदको छह राउण्ड, 7.62 मिमी बीडीआर/एसएलआर गोला-बारूदका दुईवटा खाली डब्बा अनि एउटा खाली लेखोड राउण्ड सामेल छन्। यस अतिरिक्त, बुलेटप्रुफ ज्याकेट, एउटा लड़ाकु हेलमेट, एउटा बाओफेंग वकी-टकी सेट (एन्टिना बिनाको) तथा एक जोड़ी जंगल बुट जस्तै सैन्य उपकरण पनि जफत गरिएको छ।

यसरी नै बिष्णुपुर जिल्लाको कुम्बी पुलिस स्टेशन अंन्तर्गत वांगु नाओदाखोंग क्षेत्रमा संचालित अर्को अभियानमा एउटा .32 पेस्तोल सहित दुईवटा खाली म्यागजिन र .32 मिमी गोला-बारूदका दुईवटा जीवित राउण्ड जफत गरिएको छ।

यसबीच इम्फाल ईस्ट जिल्ला पुलिसले इरिलबंग पुलिस स्टेशन अन्तर्गत बामोन कम्पु माखा लेईकाईबाट थोकचोम राजेश मैतेई (41) नामक एकजना संदिग्धलाई पक्राउ गरियो। पक्राउपछि उसको कब्जाबाट एउटा .32 पेस्तोल र एउटा म्यागजिन, .32 एमएम गोला-बारूदको एउटा जिउँदो राउण्डऔर 7.62×30 मिमी एके राइफल गोला-बारूदको एउटा जिउँदा राउण्ड जफत गरेको छ।

मणिपुर पुलिस र केन्द्रिय सुरक्षा बलले आफ्नो वर्तमान उग्रवाद विरोधी उपायहरू अन्तर्गत संवेदनशील क्षेत्रहरूमा निगरानी तथा खोजी अभियानलाई जारी राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande