सोदपुर फ्लाइओभर मरमतिको निम्ति 19 जुलाईदेखि सप्ताहको अन्तमा यातायात प्रतिबन्धित रहने
सोदपुर फ्लाइओभर मरमतिको निम्ति 19 जुलाईदेखि सप्ताहको अन्तमा यातायात प्रतिबन्धित रहने


उत्तर 24 परगना, 04 जुलाई (हि. स.)। जिल्लाको 33 वर्ष पुरानो फ्लाइओभरको बियरिंग तकनिक बिग्रिएको कारण लोक निर्माण विभागले मरम्मत कार्य तत्कल शुरू गर्ने निर्णय लिएको छ। आगामी 19 जुलाईको रातिदेखि मरम्मत कार्य आरम्भ हुनेछ जसान्तर्गत हरेक शुक्रवार रातिदेखि सोमवार बिहानसम्म फ्लाइओभर पूर्ण रूपले बन्द रहनेछ।

मरम्मत अवधि सबै प्रकारका वाहनहरूलाई वैकल्पिक मार्गबाट पठाइनेछ। ट्राफिक विभागले पहिलाबाटै एकफोर्ड रोड र रामचन्द्रपुर रोडलाई वैकल्पिक मार्गको रूपमा चिन्हित गरिसकेको छ।

भारी वाहनहरूलाई बीटी रोडको चर्च मोड़देखि एकफोर्ड रोड हुँदै आठ नम्बर रेल गेट रासमनि मोड़, आर एन एभेन्यु मोड़देखि मध्यमग्राम-सोदपुर रोडको काचकल मोड़सम्म पठाइनेछ भने साना वाहनहरूलाई रामचन्द्र पुर रोडको माध्यमबाट बीटी रोडसम्म पठाइनेछ।

पानिहाटी नगर प्रमुख सोमनाथ देले बताए, बियरिंग परिवर्तन गर्न आवश्यक छ, तर लगातार पुल बन्द रहनाले मानिसहरूलाई असुविधा हुनसक्छ। त्यसैले शुक्रवार अबेर रातीदेखि आइतवार बिहानसम्म मात्र पुललाई बन्द राखिेछ अनि सोमवार बिहानदेखि यातायात सामान्य रूपमा संचालन हुनेछ।

स्थानीय मानिसहरूले ट्राफिक नियन्त्रणलाई लिएर चिन्ता व्यक्त गरेका छन्, किनभने यस फ्लाइओभरबाट दिनहुँ हजारौं दुइ चक्के निजी वाहन तथा बारासात –दक्षिणेश्वर, रहड़ा–बाबुघाट औ मध्यमग्राम–हावड़ा जस्ता महत्वपूर्ण रूटका बसहरू गुज्रिन्छन्। प्रशासनसित प्रभावकारी ट्राफिक प्रबन्धनको माग गरिँदछ।

राज्य प्रशासनले आम मानिसहरूसित सहयोगको अपील गर्दै गरेको छ ताकि आवश्यक मरम्मत कार्य समयमै र सुरक्षित ढंगमा पूरा गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande