मुख्यमन्त्री सहित भाजपा नेताहरूले श्याम प्रसाद मुखर्जीलाई माल्यार्पण गरी नमन गरे
मुख्यमन्त्री सहित भाजपा नेताहरूले श्याम प्रसाद मुखर्जीलाई माल्यार्पण गरी नमन गरे


नयाँ दिल्ली, 6 जुलाई (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले आइतवार शहीदी पार्कमा केन्द्रिय मन्त्री अश्विनी वैष्णव, दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवा एवं भारतीय जनता पार्टीका वरिष्ठ नेताहरू सहित डा. श्यामा प्रसाद मुखर्जीलाई उनको जयन्तीमा माल्यार्पण गरी नमन गरे।

यस अवसरमा मुख्यमन्त्रीले सभालाई सम्बोधन गर्दै भनिन्, डा. मुखर्जी यस्ता राष्ट्रचेतनाका प्रवर्तक थिए जसले भारतलाई भूगोल मात्र नभएर एक संकल्पको रूपमा देखे। उनको चिन्तनमा भारतको एकता थियो, उनको संघर्षमा राष्ट्रको अखण्डताको संकल्प।“ एक देश, एक विधान, एक प्रधान” यो कुनै राजनीतिक नारा होइन, भारतको स्वाभिमानको वाणी थियो जसलाई उनले आफ्नो प्राणको आहुती दिएर अमर बनाए।

मुख्यमन्त्रीले अझ भनिन्, जुन धाराबाट डा. मुखर्जीले विचारहरूको दीप जलाए, त्यसै वैचारिक प्रकाशमा भारतीय जनता पार्टीको जग बसेको छ। भाजपा सत्ताको माध्यम मात्र होइन, सेवा, राष्ट्रवाद तथा सांस्कृतिक अस्मिताको जीवन्त संकल्प हो। यो त्यही विचार हो जसले भन्छ- राष्ट्र सर्वोपरी हो, संविधानको गरिमा सर्वोच्च छ र भारतको एकता अटुट छ। आज प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत आत्मनिर्भरतादेखि विकसित राष्ट्र तर्फ अग्रसर भइरहेको अवस्थामा मुखर्जी जस्ता महापुरूष हाम्रा वैचारिक पथप्रदर्शक अनि राष्ट्रनिर्माणका प्रेरणा हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande