गोघाटमा भेटियो बेपत्ता व्यक्तिको शव
गोघाटमा भेटियो बेपत्ता व्यक्तिको शव


हुगली, 6 जुलाई (हि.स.)। हुगली जिल्लाको गोघाट थानान्तर्गत रघुबाटी गाउँमा अवस्थित एउटा तलाउको किनारमा आइतवार बिहान एक जना व्यक्तिको सड़िसकेको शव भेटिनाले कोकोहोलो मच्चियो। स्थानीय सूत्र अनुसार मृतकको पहिचान रघुबाटी गाउँका वरुण दासको रूपमा भएको छ जो पेशाले राजमिस्त्री थिए। गत बिहीवार तिनी आफ्नो घरबाट साइकलमा सवार भएर निक्लेका थिए। त्यसपछिदेखि नै तिनी बेपत्ता भएका थिए।

परिवारले खोज-तलास गर्दा तिनको साइकल तलाउको किनारमा भेटियो। आइतवार सोही तलाउ नजिक झाड़ीमा वरूणको शव भेटियो। घटनाको खबर पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande