गुवाहाटी, 6 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले तिब्बती आध्यात्मिक गुरु दलाई लामालाई उनको जन्मदिनमा शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले भने, म उनको जन्मदिवसमा परम पूज्य दलाई लामालाई हार्दिक शुभकामना दिन्छु। वर्षौंदेखि उनले शान्ति, करूणा एवं एकताको सन्देश विश्वभरि नै फैलाउँदै आइरहेका छन्। लाखौं मानिसहरूलाई सादगी तथा सत्य जीवन जिउनको लागि प्रेरणा दिँदै आएका छन्।
मुख्यमन्त्रीले उनको सुस्वास्थ्य अनि दीर्घायुको कामना पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा