रजोखरमा कंग्रेसको जन सम्वाद कार्यक्रम आयोजित, प्रदेश एवं प्रभारी शाहनवाज आलमले कार्यकर्ताहरूसित गरे सोझो सम्वाद
रजोखरमा कंग्रेसको जन सम्वाद कार्यक्रम आयोजित, प्रदेश एवं प्रभारी शाहनवाज आलमले कार्यकर्ताहरूसित गरे सोझो सम्वाद


अररिया, 06 जुलाई (हि.स.)। जिल्लाको रजोखरमा प्रखण्ड कंग्रेस कमिटीको पक्षबाट आइतवार जन सम्वाद कार्यक्रम आयोजना गरियो जसमा अखिल भारतीय कंग्रेस कमिटीका सचिव तथा बिहार प्रदेश कंग्रेसका सहप्रभारी शाहनवाज आलम, अररिया विधायक आबिदुर रहमान, जिल्लाध्यक्ष शाद अहमद समेत कंग्रेसका प्रखण्ड अध्यक्ष एवं कार्यकर्ताहरूले भाग लिए।

यस अवसरमा अखिल भारतीय कंग्रेस कमिटीका सचिव शाहनवाज आलम र विधायक आबिदुर रहमान एले कार्यकर्ता तथा ग्रामीणहरूसित सोझो सम्वाद गर्दै कंग्रेसका योजनाहरूको बारेमा जानकारी दिए। निर्वाचन आयोगद्वारा मतदाता सूची विशेष पुनरीक्षण गरिएकोमा कंग्रेस नेताहरूले कड़ा विरोध जनाउँदै केन्द्र सरकारको इशारामा विपक्षीका क्याडर भोटरहरूलाई मतदानदेखि वञ्चित राख्ने सुनियोजित षड़यन्त्र गरिरहेको आरोप लगाए।

कंग्रेसका नेताहरूले मतदाताहरूसित निर्वाचन आयोगको निर्देशमा शुरू गरिएको मतदाता सूची विशेष पुनरीक्षणमा आफ्नो दस्तावेजहरू सहित सम्पूर्ण प्रक्रिया पूरा गर्ने अपील गरे। वर्तमान सरकारले देशको मूलभूत समस्याहरूदेखि ध्यान अन्यत्र मोड़्नको लागि कहिले वक्फ बोर्ड त कहिले सीएए एनआरसी त कहिले मन्दिर-मस्जिद विवाद उत्पन्न गराएको आरोप कंग्रेस नेताहरूले लगाए। वक्ताहरूले देशको आवश्यकता कंग्रेस रहेको बताए साथै जन सम्वाद अवधि उठेका समस्याहरूको निराकरणको लागि कंग्रेसको पक्षबाट सकारात्मक पहल गर्ने आश्वासन दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande