देहरादून, 06 जुलाई (हि.स.)। मुख्यमन्त्रीले भने, परम पूज्य दलाई लामाले विश्वलाई शान्ति, अहिंसा तथा करूणाको मार्ग देखाएका छन्। उनका शिक्षाहरू आजको समयमा अझ बढ़ी प्रासंगिक छन् जतिबेला विश्वले अनेकौं चुनौतीहरूको सामना गरिरहेको छ।
आइतवार क्लेमेनटाउनमा दलाई लामाको 90 औं जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री पुष्कर सिंह धामीले उक्त मन्तव्य व्यक्त गरे। यस अवधि मुख्यमन्त्रीले समस्त देशवासी तथा तिब्बती समाजलाई बधाई अनि शुभकामना दिंदै परम पूज्य दलाई लामाको सुवास्थ्य अनि दीर्घायुको कामना गरे। उनले भने, दलाई लामाले भावी पिँढ़ीलाई आफ्नो अमूल्य विचार अनि शिक्षाहरूबाट मार्गदर्शन गर्दै आइरहेका छन्।
मुख्यमन्त्रीले भने, दलाई लामाजी स्वयं भन्छन्, “मेरो धर्म करुणा हो,” यही विचारले उनलाई विश्वको साँचो आध्यात्मिक गुरू बनाउँछ। देवभूमि उत्तराखण्डले सदैव तिब्बती समाजलाई प्रेम, सम्मान अनि सुरक्षा प्रदान गरेको छ। राज्य सरकारले तिब्बती हितहरूको रक्षा गर्नको साथै उनीहरूको सांस्कृतिक, शैक्षिक एवं सामाजिक विकासको लागि हरसम्भव सहयोग गरिरहनेछ।
यसै अवसरमा मुख्यमन्त्रीले बुद्ध टेम्पल मार्गको चौड़ाकरण गर्ने अनि तिब्बती श्मशान घाटमा टिनको शेड निर्माण गर्ने घोषणा समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा