श्रीनगर, 6 जुलाई हि.स.। कश्मीर जोनका पुलिस महानिरीक्षक (आईजीपी) वी.के. बिरदीले आइतवार बताए, यौम-ए-आशुराको अवसरमा कश्मीरमा निकालिने जुलजनाह जुलूसहरूलाई सुचारू अनि शान्तिपूर्ण ढंगमा सम्पन्न गराउन सुनिश्चित गर्नको लागि जम्मू-कश्मीर पुलिसले व्यापक प्रबन्ध गरेको छ।
श्रीनगरको बोटा कदलको यात्रामा गएका आईजीपीले पत्रकारहरूसित कुराकानी गर्दै भने, आज बिहान जहाँबाट 10औं मुहर्रम (अशुरा) जुलजनाह जुलूस शुरू भएको थियो सोही क्षेत्रहरूमा सुरक्षाको व्यवस्थालाई अन्तिम रूप दिइएको छ। उनले भने, श्रीनगर पुलिसले यौम-ए-अशुराको शान्तिपूर्ण आयोजनको लागि व्यापक प्रबन्ध गरेको छ। साथै यातायात पुलिसले डाइभर्जन तथा यातायात विनियमन लागू गरेर वाहनहरूको सुचारू आवाजाहीलाई सुनिश्चित गरेको छ। उनले भने, शहरका विभिन्न क्षेत्रहरूमा समन्वय कायम राख्नेमाथि विशेष ध्यान दिइएको छ। स्थानीय सभा अनि जुलूसहरूलाई सुविधाजनक बनाउनको लागि कश्मीरका अन्य भागहरूमा पनि यातायात विनियमन बिन्दु तथा आसन्न व्यवस्था गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा