पटाका फ्याक्ट्रीमा विस्फोटपछि आगलागी,एक जनाको मृत्यु चार जना घाइते
पटाका फ्याक्ट्रीमा विस्फोटपछि आगलागी,एक जनाको मृत्यु चार जना घाइते


विरुधुनगर, 6 जुलाई (हि.स.)। जिल्लाको सत्तुर नजिक किझाथैलपट्टईमा अवस्थित एक पटाका फ्याक्ट्रीमा विस्फोट भएपछि आगो लाग्यो। यस दुर्घटनामा फ्याक्ट्रीका एकजना कर्मचारीको मृत्यु भयो भने चारजना गम्भीर रूपमा घाइते भए। सूचना पाएर दमकल वाहन अनि पुलिस घटनास्थलमा पुगेर आगोलाई निभाउन लागि पऱ्यो।

यस विस्फोटबाट फ्याक्ट्रीको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पुलिसले मामिला दर्ता गरी जाँच गरिरहेको छ। भनिन्छ, जिल्लाको किझाथैलपट्टईमा अवस्थित हिन्दुस्तान पटाका फ्याक्ट्रीमा सदा जस्तै आइतवार पनि कर्मचारीहरूले काम गरिरहेका थिए। अचानक विस्फोट भयो, त्यसपछि लगातार एक घण्टासम्म विस्फोट भइरह्यो। यस दुर्घटनामा काम गरिरहेका एक जना कर्मचारीको मृत्यु भयो भने अन्य चार जना गम्भीर रूपमा जलेर घाइते भए जसलाई शिवकाशी सरकारी अस्पतालमा भर्ती गरिएको छ। विस्फोटको सूचना पाएर दमकलकर्मीहरू घटनास्थलमा पुगे अनि आगो निभाउन शुरू गरे। यस आगलागीको कारण सम्पूर्ण क्षेत्रमा धुवाँ भरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande