सुन सफाईको नाममा ठगी, चार जना समातिए
सुन सफाईको नाममा ठगी, चार जना समातिए


सिलगढ़ी, 06 जुलाई (हि. स.)। आशीघर चौकी पुलिसले शहरमा सुन सफा गर्ने पाउडर बेच्ने बहानामा ठगी गर्ने गिरोहको खुलासा गरेको छ। पुलिसले यस मामिलामा चार जना युवकहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकहरूमा क्रमैले पंकज साव, पाण्डव कुमार, शम्भुसावर गुड्डु मण्डल सामेल छन् जो सबै नै बिहार निवासी हुन्। आरोपी युवकहरूले सिलगढ़ीका विभिन्न होटलहरूमा बसेर ठगी गरिरहेका थिए।

सूत्र अनुसार बितेको शनिवार अपरान्ह सिलगढ़ी नगरनिगमको वार्ड नम्बर- 38 स्थित न्यूय पालपाड़ा क्षेत्रमा एक जना पसलेलाई सुन सफा गर्ने पाउडर बेच्ने बहानामा ठगेको थियो। दुवै युवक सुनको चेन र औंठी लिएर भागेका थिए। घटनाको सूचना आशीघर चौकीलाई दिइयो। पुलिसले हतार-हतार घटनास्थलमा पुगेर सीसीटीभी फुटेजको जाँच गऱ्यो त्यसपछि केही घण्टाभित्रमै पुलिसले एनजेपीको एउटा होटलबाट चार जना युवकहरूलाई पक्राउ गऱ्यो। यिनीहरूबाट पुलिसले एउटा बाइक पनि जफत गरेको छ। तथापि सुनको चेन र औठी भने अहिलेसम्म हात पर्न सकेको छैन। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande