हरिद्वार, 6 जुलाई (हि.स.)। अहिलेघरि महाराष्ट्रबाट सृजित भाषा विवादले देशभरि नै चर्चा बटुलिरहेको छ। अब यस विवादमा योग गुरू बाबा रामदेवको बयान सामु आएको छ। योग गुरू बाबा रामदेवले भने, सनातनीहरू जात-पात तथा भाषाको आधारमा विभाजन हुनुहुँदैन। यदि हामी यसरी विभाजन भयौं भने हाम्रो सनातन धर्म कमजोर हुनेछ। यो मन्तव्य रामदेवले पतञ्जलिको दन्त कान्ति ओयल पुल्लिङको लञ्चिंगको अवसरमा व्यक्त गरेका हुन्।
बाबा रामदेवले भने, हामीले राष्ट्रिय भाषा र मराठी सहित सम्पूर्ण भाषाहरूलाई समान गौरव दिनुपर्छ, तर भाषाहरूको नाममा आपस्तमा लड़्नु उचित होइन। हामी सबै भारतवासी मिलेर एकजुट बस्नुपर्छ। उनले भने, हाम्रो एकतामै राष्ट्रिय एकता अखण्डता अक्षुण्ण रहनेछ। उनले भने, हामी भारत माता धरती माताका सन्तान हौं।
योग गुरू बाबा रामदेवले काँवड़ यात्रामा पहिचानको मामिलामा भने, जसरी बाबा रामदेवलाई आफू हिन्दू भएकोमा गर्व छ, त्यसरी नै मुस्लिम दाज्यु-भाइहरूलाई पनि आफू मुस्लिम भएकोमा गर्व हुनुपर्छ। कसैले पनि आफ्नो पहिचान लुकाउनु हुँदैन। यदि कसैलाई उनीहरूको पसलमा भोजन गर्नुछ भने गर्छ, नत्र गर्दैन। बाबा रामदेवले कावँड़ यात्रामा आउने कावँड़ीहरूसित नशादेखि टाड़ा बस्ने अपील गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा