उपराज्यपाल मनोज सिन्हा श्रीनगरमा 10औं मुहर्रम जुलूसमा सामेल भए
उपराज्यपाल मनोज सिन्हा श्रीनगरमा 10औं मुहर्रम जुलूसमा सामेल भए


श्रीनगर, 06 जुलाई हि.स.। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हा आइतवार श्रीनगरमा आयोजित 10औं मुहर्रम जुलूसमा सामेल भए। एलजी सिन्हा शहरको बोटा कदलमा शोक मनाउनेहरूसितै हिँड़े। उनीसित डिभीजनल कमिश्नर कश्मीर वी के बिधुड़ी, पुलिस महानिरीक्षक कश्मीर वी के बिरदी, एसएसपी श्रीनगर औ अन्य वरिष्ठ सिभिल औ पुलिस अधिकारीहरू पनि सामेल थिए।

मुहर्रमको 10औं दिनलाई आशुरा भनिन्छ। यस दिनले मुसलमानहरूको विशेष गरी शिया समुदायको लागि गहिरो धार्मिक महत्व राख्दछ जसले कर्बलाको लड़ाईँमा भएको इमाम हुसैन र उनका साथीहरूको बलिदानलाई स्मरण गराउँछ। यसै सप्ताहको शुरुमा मुहर्रमको 8 तारिकको दिन प्रशासनले गुरू बजारदेखि डलगेटसम्म पारम्परिक जुलूस आयोजना गर्ने अनुमति दिएको थियो। यस निर्णयलाई शिया समुदायले व्यापक रूपमा स्वागत गरे जसको निम्ति धार्मिक नेताहरूले प्रशासनप्रति आभार व्यक्त गरे। प्रशासनले आशुरा जुलूस अवधि पर्याप्त सुरक्षा, चिकित्सा सहायता तथा यातायात व्यवस्था सुनिश्चित गऱ्यो। वरिष्ठ अधिकारीहरूले शान्तिपूर्ण ढंगमा जुलूस आयोजना गराउनका लागि धरातलीय स्तरमा निगरानी राखे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande