नरेन्द्र मोदीले डा. मुखर्जीका सपनाहरूलाई साकार पारेः योगी आदित्यनाथ
नरेन्द्र मोदीले डा. मुखर्जीका सपनाहरूलाई साकार पारेः योगी आदित्यनाथ


-नेहरू सरकारको तुष्टीकरण नीतिको विरोधमा डा. मुखर्जीले दिएका थिए राजीनामा

लखनऊ, 06 जुलाई (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले आइतवार डा.श्यामा प्रसाद मुखर्जीको जयन्तीको अवसरमा उनको प्रतिमामा माल्यार्पण गरी उनलाई स्मरण गरे। यस अवधि सीएम योगीले भने, उनी एक जना प्रखर वक्ता, स्वतन्त्रता संग्रामी तथा महान शिक्षाविद् थिए।

मुख्यमन्त्री योगीले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको धारा 370-लाई समाप्त गरेर कश्मीरलाई भारतको संविधान अनुरूप रहल भारतसित जोड़्दै एक विधान एक प्रधान तथा एक लक्ष्य लिएर भारतको लोकतान्त्रिक धारासित जोड़्ने अभिनव प्रयास गरेका छन्। आज जम्मू कश्मीर द्रूत गतिमा विकास गरिरहेको छ जुन डा. श्यामा प्रसाद मुखर्जीका संकल्पहरूको विजय हो। यो प्रधानमन्त्री मोदीको नेतृत्वमा सम्भव हुन सकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत विश्वभरिमै इन्भेस्टमेन्टको श्रेष्ठ गन्तव्यको रूपमा स्थापित भएको छ।

उनले भने, औद्योगिकीकरणको जगलाई स्वाधीन भारतमा डा. श्यामा प्रसाद मुखर्जीले बसालेका थिए। आज त्यसको एक वृहत स्वरूप देशमा देख्न पाइँदैछ। यस शताब्दिको सबैभन्दा ठूलो महामारी कालमा सारा दुनियाँ त्रस्त भएको अवस्थामा भारतले आफ्नो ठाउँमा 80 करोड़ मानिसहरूलाई फ्रीमा राशनको सुविधा दियो जुन आज पनि निरन्तर जारी छ। यो सबै संकल्प डाक्टर श्यामा प्रसाद मुखर्जीको सपनालाई साकार पार्ने किसिमको छ। नेहरू सरकारको तुष्टीकरण नीतिको विरोधमा डा. मुखर्जीले राजीनामा दिएका थिए।

योगी आदित्यनाथले भने, डा. श्यामा प्रसाद मुखर्जीले आफ्नो सम्पूर्ण जीवन राष्ट्र माताको लागि समर्पित गरेका थिए। बंगालको अनिकालमा उनले गरेको सेवालाई सारा देशले आज पनि सम्झन्छ। उनको जीवन भारतको एकता अनि अखण्डताको लागि समर्पित रह्यो। डा. मुखर्जीले स्वतन्त्र भारतमा पण्डित नेहरूको नेतृत्वमा गठित पहिलो सरकारमा खाद्य एवं उद्योग मन्त्रीको रूपमा देशको खाद्य आत्मनिर्भरता तथा औद्योगिकीकरणको आधार राखेका थिए जुन नयाँ भारतमा पनि स्पष्ट देख्न पाइन्छ। उनले नेहरू सरकारको तुष्टिकरण नीतिको विरोधमा मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए।

यस अवसरमा राज्यसभा सदस्य डा. दिनेश शर्मा, मेयर सुषमा खर्कवाल, भाजपा नेता पंकज सिंह, एमएलसी मुकेश शर्मा, एमएलसी रामचन्द्र प्रधान, एमएलसी अवनिश पटेल, एमएलसी लालजी प्रसाद निर्मल, महानगर अध्यक्ष आनन्द द्विवेदी अनि नीरज सिंह आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande