वाहन चोर गिरोहको भण्डाफोर, चार जना पक्राउ
वाहन चोर गिरोहको भण्डाफोर, चार जना पक्राउ


सिलगढ़ी, 06 जुलाई (हि. स.)। प्रधान नगर थानाको पुलिसले वाहन चोरी गर्ने अन्तर्राज्यिय गिरोहको खुलासा गरेको छ। पुलिसले गिरोहको मास्टरमाइण्ड सहित चार जा आरोपीहरूलाई पक्राउ गरेको छ भने यिनीहरूबाट 14 वटा वाहन जफत गरिएको छ। आरोपीहरूमा क्रमैले सोमनाथ मुखर्जी, पप्पू झा, नितिन प्रधान औ राज सामेल छन्। यिनीहरूमध्ये कोलकाता निवासी सोमनाथ मुखर्जी मास्टरमाइण्ड हो। प्रधान गर थाना प्रभारी बीडी सरकारले आइतवार पत्रकार सम्मेलनको माघ्यमबाट यस आशयको जानकारी गराए।

बीडी सरकारले बताए, गत 4 जुलाईको दिन एउटा वाहन चोरीको मामिला थानामा दर्ता गरिएको थियो। जाँच गर्ने क्रममा सोमनाथ मुखर्जीलाई सिलगढ़ीको समर नगरबाट पक्राउ गरियो। आरोपीहरूले ट्राभल एजेन्सीहरूबाट भाड़ामा वाहन लिएर अथोराइजेशन लेटरको सहयोगमा वाहनलाई बिक्री वा मोटो रकम लिएर बन्दक राख्थे। पुलिसको जाँचबुझमा आरोपीहरूले बताए, उनीहरूले ट्राभल एजेन्सीको वाहनलाई अनलाइन बुकिंगको माध्यमबाट भाड़ामा लिन्थे अनि पछि साथीहरूको सहयोगमा वाहनलाई बेच्ने वा बन्दक राख्ने काम गर्थे। यिनीहरूको बयानको आधारमा लगातार छापामारी गरेर 14 वटा लग्जरी वाहनहरूलाई जफत गरियो। यो गिरोहले अहिलेसम्ममा 80 वटाभन्दा अधिक वाहनहरूलाई अन्य राज्य तथा नेपालमा समेत बेचिसकेको छ। आरोपीहरूलाई सिलगढ़ी अदालतमा पेश गरी पुलिस रिमाण्डमा लिइनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande