बिहारः मतदाताहरूलाई अब राहत, कागजपत्र बिनै गणना प्रमाण पत्र जमा गराउन सक्नेछन्
बिहारः मतदाताहरूलाई अब राहत, कागजपत्र बिनै गणना प्रमाण पत्र जमा गराउन सक्नेछन्


पटना, 06 जुलाई (हि.स.)। बिहारमा विधानसभा चुनाउपूर्व मतदाता सूची रिभीजनलाई लिएर शुरू भएको राजनीतिक घमासानबीच चुनाउ आयोगले मतदाताहरूलाई ठूलो राहत दिएको छ। मतदाताहरूले अब कागजपत्र बिनै पनि गणना प्रमाण पत्र जमा गराउन सक्नेछन्।

निर्वाचक निबन्धन पदाधिकारीद्वारा स्थानीय जाँच वा अन्य साक्ष्यको आधारमा निर्णय लिइनेछ यद्यपि यदि मतदाताहरूले आवश्यक दस्तावेज जमा गराउन सक्छन् भने यसबाट सहज हुनेछ। वर्ष 2003-को मतदाता सूचीमा जसको नाम दर्ता छैन, उनीहरूले जन्मतिथि र जन्मस्थानसित सम्बन्धित दस्तावेज दिनुपर्नेछ।

बिहारका मुख्य निर्वाचक अधिकारी विनोद सिंह गुँजियालले आज बताए, मतदाताहरूले हाल गणना फारम मात्र भरेर बीएलओकहाँ जमा गराउन्, उनीहरूको नाम भोटर लिस्ट प्रारूपमा सामेल गरिनेछ। वर्ष 2003 पछि मतदाता भएका मानिसहरूले गमना फारमलाई राम्रोसितले भरेर आफ्नो तस्वीर र हस्ताक्षर सहित बीएलओकहाँ निर्धारित समयपूर्व जमा गराउन्। गणना फारम पाउनसाथ बीएलओले त्यसलाई तत्काल अनलाइन अपलोड गर्नेछन्। चुनाउ आयोगको यस ताजा फसेलाबाट मतदाताहरूले ठूलो राहत पाएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande