प्रतिबन्धित कफ सिरप सहित युवक पक्राउ
प्रतिबन्धित कफ सिरप सहित युवक पक्राउ


सिलगढ़ी, 06 जुलाई (हि. स.)। प्रधान नगर थानाको पुलिसले प्रतिबन्धित कफ सिरप तस्करीको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम सजल दास हो जो सिलगढ़ नगरनिगमको वार्ड नम्बर- 46 स्थित चम्पासरी निवासी रहेको बताइएको छ।

सूत्र अनुसार प्रधान नगर थानाको पुलिसले गए शनिवार अबेर राति गुप्त सूचनाको आधारमा सिलगढ़ी जंक्शन क्षेत्रमा अभियान संचालन गरी एक जना युवकलाई समात्यो। युवकको जाँच गर्दा उसको कब्जाबाट 39 बोतल प्रतिबन्धित कफ सिरप जफत गरियो। त्यसपछि पुलिसले आरोपी युवकलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। प्रधान नगर थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande