चोरीको पिकअप भ्यान सहित युवक पक्राउ
चोरीको पिकअप भ्यान सहित युवक पक्राउ


सिलगढ़ी, 06 जुलाई (हि. स.)। एनजेपी थानाको पुलिसले चोरीको पिकअप भ्यान सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम जुनेत आलम हो जो उत्तर दिनाजपुरको चाकुलिया थाना अन्तर्गत कानकी निवासी रहेको बताइएको छ।

पुलिस सूत्र अनुसार चोरीको पिकअप भ्यान जलपाईगढीदेखि सिलगढ़ी हुँदै उत्तर दिनाजपुर तर्फ गइरहेको सूचना पुलिसलाई प्राप्त भएको थियो। यसै आधारमा भोर बिहान एनजेपी थानाको पुलिसले तीनबत्ती मोड़ क्षेत्रमा नाका जाँच शुरू गऱ्यो। पुलिस टीमले आउने-जाने वाहनहरूको कागज-पत्र जाँच गर्न शुरू गऱ्यो।

यसै क्रममा एउटा पिकअप भ्यानलाई रोकियो। चालकसित वाहनको कागजपत्र देखाउन भन्दा उसले देखाउन सकेन। त्यसपछि वाहन चालक जुनेत आलमलाई पक्राउ गरियो। एनजेपी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

---

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande